जेष्ठ १६, काठमाण्डौं - यामाहाले नयाँ स्कुटर रे जेडआर १२५ सिसिको हाइब्रीड हिजो चितवनमा सार्वजनिक गरेको छ। नारायणगढको नवीन अटो सेन्टरले हिमालयन रोडिज टिमको उपस्थितिमा हाईब्रीड स्कुटर सार्वजनिक गरेको हो। यो स्कुटर स्मार्ट मोटर जेनेरेटर सहितको नेपालमा आयात गरि सार्वजनिक गरिएको पहिलो हाइब्रीड स्कुटर भएको जनाइएको छ।
स्ट्यान्डर्ड डिलक्स र प्रीमियम तथा प्रीमियम प्लसमा उपलब्ध यो स्कुटर एयर कुलिङ सिस्टम र एफ आई सिस्टममा ब्लु कोर ईन्जिन रहेको बताइएको छ। यो स्कुटरको बेसिक मोडेल स्ट्यान्डर्ड रियर ईमको बजार मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँबाट शुरु हुने जनाएको छ।