बैशाख १५, काठमाण्डौँ - बिगत लामो समयदेखि नेपालमा दर्ता पाउन नसके स्वदेशमै उत्पादित दुई पाङ्रग्रे सवारी साधन यात्रीले दर्ता पाउने भएको छ। यातायात व्यवस्था विभागले हिजो बिहीबार यातायात व्यवस्था,कार्यविधि, २०६० लाई संशोधन गर्दै स्वदेशमा उत्पादन तथा एसेम्बल भएका सवारी साधनहरुलाई दर्ता दर्ता गर्ने बाटो खुल्ला गरिदिएको छ। अब विदेशबाट सवारीका स्पेयर पार्ट्सहरु ल्याई स्वदेशमै सवारी एसेम्बल गर्ने र सबै सवारी उत्पादन गर्ने कम्पनी र सवारी साधनले समेत दर्ता पाउने भएका हुन। अब सवारी दर्ताकालागी भन्सार प्रज्ञापनपत्र देखाउनु नपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।
नेपालमै उत्पादित बिधुतिय मोटर साईकल यात्रीले गत केही बर्षदेखी यातायात ब्यवस्था बिभाग र कार्यलय धाउदा हैरान भएको र बिदेश पलायन हुने भन्ने सामाजिक संजालमा आएपछी सरकारको ब्यापक आलोचना भएको थियो। त्यस लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा बिभागले ऐन संशोधनको काम अगाडि बढाएको हो। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र कार्यविधि २०६० ले सवारी दर्ताका लागि भन्सार तिरेको रसिद र प्रज्ञापनपत्र अनिवार्य गरेका थियो ।