काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पनि भेटवार्ता हुँदैछ।
आज बिहान प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल हुन लागेको हो।
दुवै अध्यक्षबीच छलफल हुने भनिएपनि समय निश्चित नभएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन ।
पार्टीमा बढेको गतिरोधको समाधानका लागि सोमबार पनि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान छलफल भएको थियो।
आइतबार अन्य नेताहरुसहित वार्तामा बसेका दुवै अध्यक्ष सोमबार भने एक्ला एक्लै छलफलमा बसेका थिए ।
नेकपा फुटको संघारमा पुगेपछि स्थायी समितिको बैठक २४ असारसम्मका लागि स्थगित गरेर नेताहरु छलफलमा जुटेका छन्।
आज र भोलीसम्म नेकपामा सहमति हुने वा नहुने टुंगो लाग्ने एक स्थायी समिति सदस्यले बताएका छन।
पार्टीमा बढेको गतिरोध अत्यका लागि दुवै अध्यक्षले कार्यदल गठन गरेको भन्दै केही सञ्चार माध्यममा आएको समाचारको प्रचण्डको सचिवालयले खण्डन गरेको छ।