काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच 'वान टु वान' वार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु वार्तामा गतिरोध अन्त्यका विषयमा छलफल सुरु भएको छ ।
नेताहरुबीच सहमति खोज्नका लागि नेकपा स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ । आजको भेटवार्तामा छलफल सकरात्मक भएमा भोलिका लागि तय भएको स्थायी कमिटी बैठक फेरि स्थगित गरिनेछ भने आजै नेकपाका सचिवालय सदस्यसँग अध्यक्षद्वयले परामर्श गर्ने तयारी छ ।
अध्यक्षद्वयबीच सोमबार झण्डै साढे दुईघन्टा 'वान टु वान' छलफल भएको थियो । मदन जयन्तीको दिन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा आफ्नो पार्टीका नेताहरु लागेका आरोप लगाएका थिए ।
त्यसपछि स्थायी कमिटीका धेरै सदस्यहरुले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । तर अोलीले राजीनामा नदिने अडान राखेका छन् ।