मंगलबार, भाद्र २ गते २०८३
images

नेकपा स्थायी कमिटी बैठक २६ गते सम्मका लागि स्थगित

  • 1.3K
    SHARES
  • आषाढ २४, २०७७ बुधबार

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको छलफललाई निरन्तरता दिन भन्दै स्थगित गरिएको हो ।

    अध्यक्षद्वयबीच आज हुने भनिएको वार्ताको समय भने निश्चित भएको छैन । बिहीबारदेखि पटक पटक स्थगित हुँदै आएको बैठक अध्यक्षद्वयकै सल्लाहमा आजका लागि तय भएको थियो । आज पनि अन्तिममा बैठक स्थगित गरिएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार