मंगलबार, भाद्र २ गते २०८३
images

पार्टी एकतालाई कमजोर पार्ने प्रयास कहीँ कतैबाट हुनु हुँदैन : प्रचण्ड

  • 1.3K
    SHARES
  • आषाढ २८, २०७७ आइतबार

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकता कमजोर पार्ने प्रयास कहीँ कतैबाट हुन नहुनेमा जोड दिएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति चितवनको बैठकलाई आइतबार सम्बोधन गर्दै प्रचण्डले पार्टी एकतालाई कमजोर पार्ने काम जनताको पक्षमा नहुने बताएका छन ।

    जोखिमका बेला सबैजना एकजुट भएर जोखिम व्यवस्थानमा लाग्नुपर्नेमा जोड दिँदै प्रचण्डले भने,पार्टी एकतालाई कमजोर पार्ने काम कहीँ कतैबाट भयो भने त्यो जनताको पक्षको काम भन्ने ठहरिँदैन । आगामी दिनमा अझै दृढताका साथ एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ ।

    प्राकृतिक विपद् व्यवस्थापनका लागि अहिले आफ्नो पार्टीको बैठक नै स्थगित गरिएको भन्दै प्रचण्डले प्रकोपविरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन । उनले भने,मुलुक बाढीपहिराको उच्च जोखिममा छ। यस्तो बेलामा पार्टीका राजनीतिक गतिविधि र अन्य विवादले एकता कमजोर नहोस्। प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्छ । राजनीतिक विवादले कोरोना र प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुन हुँदैन।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार