मंगलबार, भाद्र २ गते २०८३
images

'मैले नै नक्सा छाप्न निर्देशन दिएको हुँ, के यो लम्पसारवाद हो ?' :प्रचण्ड (भिडियोसहित)

  • 1.9K
    SHARES
  • आषाढ २८, २०७७ आइतबार

    भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी ओली समर्थकले सडकमा लगाएको नाराको जवाफ दिएका छन् । गृहजिल्ला चितवन पुगेका प्रचण्डले ओलीका विभिन्न प्रश्नको जवाफ दिएका छन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रसहितको नक्सा जारीगर्न सरकारलाई आफूसहितका सचिवालय सदस्यले निर्देशन दिएको स्मरण गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले औपचारिकतामात्र दिएको जानकारी दिएका छन् ।

     

    पार्टीका नेताहरुलाई ओली निकटकाले लम्पसारवादी भनेकामा प्रचण्डले आपत्ति जनाए । उनले नक्सा छाप्ने विषयको पृष्ठभूमिको पनि स्मरण गरेका छन् । उनले भने, 'मंसिर ४ गते मलाई पार्टीको कार्यकारी अध्यक्षसहित पार्टी सञ्जालनको जिम्मा भनिएको थियो । यद्यपि त्यो रामैसँग लागू हुन पाएन । तर, पनि मलाई कार्यकारी भनिएको लगत्तैपछि पहिलो स्थायी समितिको बैठक मंसिरको अन्तिममा भयो । त्यसबेला भारतले नक्सा प्रकाशित गर्‍यो र मैले स्थायी समतिको बैठकमा हामीले पनि तुरुन्तै नक्सा प्रकाशित गर्नैपर्छ, हाम्रो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा हामीले पनि तुरुन्तै प्रकाशित गर्नुपर्छ भनेर स्थायी कमिटीबाट सर्वसम्मत निर्णय गराएको छु । त्यो लम्पसारवाद हो ?'

    केन्द्रिय समिति बैठकमा पनि नक्साको विषयमा छलफल भएको स्मरण गर्दै उनले संवैधानिक व्यवस्थाको कुरा पनि त्यो बेला नै उठेको सुनाए । उनले भने, ‘केन्द्रीय समितिले अविलम्ब नक्सा प्रकाशित गर भनेर सरकारलाई निर्देशन दियो, के यो लम्पसारवाद हो ? कमरेडहरु हामी सबैले छातीमा हात राखेर यो पार्टीलाई एकतावद्ध गर्नका लागि सच्चाइ के हो भने एउटा कम्युनिष्ट स्पिरिटमा बुझ्नुपर्दछ । नेताहरुलाई सावधान रहन खबरदारी गर्नुपर्छ ।’

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार