मंगलबार, भाद्र २ गते २०८३
images

निर्वाचन आयोगद्वारा 'जनता समाजवादी पार्टी, नेपाल' दर्ता भएको औपचारिक प्रमाणपत्र प्रदान

  • 2.4K
    SHARES
  • आषाढ २८, २०७७ आइतबार

    काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल दर्ता भएको प्रमाणपत्र प्रदान गरेको छ । निर्वाचन आयोगकी सचिव देव कुमारी गुरागाईँले समाजवादी पार्टी र र राष्ट्रिय जनता पार्टी नेपाल एकीकरण भएर जनता समाजवादी पार्टी नेपाल भएको प्रमाणपत्र प्रदान गरेकी हुन् ।

    जनता समाजवादी पार्टी, नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले प्रमाणपत्र प्रदान गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिएका छन् ।

    ठाकुर र यादवले निकालेको विज्ञप्तिमा अग्रगामी परिवर्तनका पक्षधर, संघीयता, राष्ट्रिय पहिचान, सुशासन, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र समाजवादप्रति समर्पित रहन सबै राजनीतिक शक्ति र व्यक्तिहरुलाई आव्हान पनि गरेका छन् ।

    त्यस्तै, पूर्वमन्त्री एवं जसपाका नेता मोहम्मद इस्तियाक राइले पनि जनता समाजवादी पार्टी,नेपाललाई औपचारिकता प्रदान गरेकोमा निर्वाचन आयोग लगायत सबैमा हार्दिक बधाई एवं धन्यवाद ज्ञापन गरेका छन् ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार