मंगलबार, भाद्र २ गते २०८३
images

ओली-प्रचण्डबीचको भेटवार्ता सकियो,फेरि भेटवार्ता गरेर सहमतिको प्रयास गरिने

  • 1.3K
    SHARES
  • आषाढ ३१, २०७७ बुधबार

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै तीनघन्टा पार्टीको आन्तरिक विवाद समाधानमा केन्द्रित रहेर छलफल भएको थियो ।

    आजको छलफल विषयबस्तुमा केन्द्रित रहेर कुराकानी भएको र फेरि भेटवार्ता गरेर सहमतिको प्रयास गरिने बालुवाटार स्रोतले जनाएको छ । यसअघि हिजो भएको भेटवार्ता भने एजेण्डामै प्रवेश गरेको थिएन ।

    प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले मदन जयन्तीको दिन आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा पार्टीका नेताहरुले साथ दिएको आरोप लगाएपछि नेकपाको विवाद थप उत्कर्षमा पुगेको थियो ।

    त्यसलगत्तै पार्टी बैठकमै प्रचण्ड(नेपाल पक्षधरले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो । स्थायी कमिटीका ३१ जनाले ओलीले राजीनामा दिएर निकास दिनुपर्ने बताएपछि नेकपा स्थायी कमिटी बैठक अनिश्चित बनेको छ ।

    स्थायी कमिटी बैठक साउन २ गते बस्ने तयारी छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार