मंगलबार, भाद्र २ गते २०८३
images

यायातात व्यवसायीलाई प्रधानमन्त्री ओलीले भने,ढुक्क हुनोस्, माग पूरा हुन्छ । तर, क्षमता र गच्छेअनुसार

  • 1.9K
    SHARES
  • श्रावण १, २०७७ बिहीबार

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यायातात व्यवसायी र मजदुरलाई सरकारले क्षमता र गच्छेअनुसारका माग पूरा गर्ने आश्वासन दिएका छन् ।

    चारवटा संगठनसँग बिहान बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सरकारले क्षमता र गच्छे अनुसार माग पूरा गर्ने प्रतिवद्धता जनाएका हुन् ।

    प्रधानमन्त्री ओलीले व्यवसायीलाई भने,कोरोना महामारीले देशको अर्थतन्त्र प्रभावित भएको छ । व्यवसायी र मजदुरका मागमा सरकार गम्भीर छ । ढुक्क हुनोस्, माग पूरा हुन्छ । तर, क्षमता र गच्छेअनुसार माग पूरा गरिन्छ ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष रामचन्द्र कार्कीसहितको टोली प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको थियो ।

    प्रधानमन्त्री ओलीसँगको भेटअघि व्यवसायी र मजदुरका नेताहरुले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्ना गुनासा सुनाएका थिए ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार