मंगलबार, भाद्र २ गते २०८३
images

ओली, प्रचण्ड र माधव नेपालबीचको बैठक बालुवाटारमा सुरु

  • 1.6K
    SHARES
  • श्रावण १, २०७७ बिहीबार

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय र वरिष्ठ नेताबीच भेटवार्ता सुरु भएको छ । पार्टीमा देखिएको गतिरोध अन्त्यको प्रयास स्वरुप अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधव कुमार नेपालबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएको हो ।

    प्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नै पार्टीका नेतालाई विभिन्न आरोप लगाएपछि स्थायी कमिटीका ३१ जना सदस्यले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । त्यसपछि नेकपा भित्रको विवाद उत्कर्षमा छ ।

    पटक पटक स्थगित गरिएको स्थायी कमिटी बैठक भोलिका लागि तय गरिएको छ । भोलि बिहानसम्म सहमति हुने सम्भावना देखिएमा बैठक फेरि पनि स्थगित हुन सक्ने एक सचिवालय सदस्यले जानकारी दिएका छन् । तर, सहमति नभएमा भने बैठक बस्नुपर्नेमा प्रचण्ड-नेपाल पक्षको जोड छ ।

    यसअघि ओली र प्रचण्डबीचका वार्तामा दुवैजनाले आआफ्नै अडान राखेका छन् । एजेण्डागत छलफलसमेत हुन सकेको छैन । आजको वार्तामा एजेण्डागत छलफल गर्ने तयारी छ । आजको त्रिपक्षीय छलफलका आधारमा भोलिको रणनीति बनाइने नेपाल निकट एक स्थायी कमिटी सदस्यले बताएका छन् ।

    यसअघि हिजो भएको भेटवार्तामा ओलीले तत्काल दुवै पद नछाड्ने बताएका थिए ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार