हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीका बीचमा आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न गरिने कार्यका लागि कार्यसम्पादन करार सम्पन्न भएको छ । मुख्यमन्त्री कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्रीहरुले मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष प्रतिबद्धतासहितको करारपत्र बुझाएका थिए भने मुख्यमन्त्री पौडेल र मन्त्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल र सामाजिक विकासमन्त्री युवराज दुलाल तथा मुख्यमन्त्री पौडेलबीच करार सम्झौता भएको थियो ।