मंगलबार, भाद्र २ गते २०८३
images

नेकपाले बोलायो आकस्मिक सचिवालय बैठक

  • 1.4K
    SHARES
  • श्रावण २, २०७७ शुक्रबार

    काठमाडौं । आज दिउँसो ३ बजे बस्ने तय भएको स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित गरेको नेकपाले शनिवार सचिवालय बैठक बोलाएको छ ।

    आज बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटमा शनिबार सचिवालय बैठक बस्ने सहमति भएको हो ।

    शनिबार ३ बजेका लागि सचिवालय बैठक बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन ।

    दुई अध्यक्षकै सहमतिमा आज बस्ने भनिएको स्थायी समिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

    नेकपाका दुवै अध्यक्षबीच एकअर्काको अडानमा अडिग देखिएपछि समस्या समाधान गर्न कठिनाई भएको छ । स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि पार्टीमा अन्तरसंघर्ष पेचिलो बन्दै गएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार