काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
पार्टीमा देखिएको विवाद र सरकारका विषयमा छलपफल गर्न सचिवालय बैठक बसेको हो । दुबै अध्यक्षबीच देखिएको विवाद समाधानका लागि यो बैठक सफल हुने आस नेकपाका नेताहरुले गरेका छन् ।