काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधान उन्मुख भएसँगै नेताहरुले छलफल थालेका छन् । सचिवालयका चार असन्तुष्ट नेतासँग नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल थालेका छन् ।
आफ्नो निवास खुलमटारमा प्रचण्डले वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष बामवेद गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश र सचिवालय सदस्य रामबहादुर थापा बादललाई छलफलका लागि बोलाएका हुन् ।
अहिले जारी छलफल सहमति भएको भनिएको विषयमा केन्द्रित रहेको एक सचिवालय सदस्यले जानकारी दिएका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग मिलेको भनेर असन्तुष्टि जनाएका सचिवालय सदस्यलाई प्रचण्डले बोलाएर आफूले कुनै पनि सहमति नगरेको प्रष्टिकरण दिन खोजेका छन् ।
प्रचण्डले अर्का अध्यक्ष ओलीसँग गोप्य सहमति गरेको भन्ने खालका समाचार सार्वजनिक भएपछि प्रचण्ड नेपाल खेमाका चारजना सचिवालय सदस्यले असन्तुष्टि जनाएका थिए ।
स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्नेछ ।