मंगलबार, भाद्र २ गते २०८३
images

नेकपाको आज बस्ने भनिएको स्थायी कमिटी बैठक पनि अनिश्चित

  • 1.5K
    SHARES
  • श्रावण ६, २०७७ मंगलबार

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चित भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको बैठक अनिश्चित बनेको हो । अहिलेसम्म बस्ने भनिए पनि बैठक बस्ने सुरसार छैन ।
    स्थायी कमिटी सदस्यहरु बैठकस्थल जाने तयारीमा छन् । तर बैठक निश्चित नभएको एक सचिवालय सदस्यले जानकारी दिएका छन । पार्टी केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले भने बैठक बस्ने जानकारी गराएका छन ।

    आन्तरिक विवाद उत्कर्षमा पुगेपछि पटक पटक बैठक स्थगित हुँदै आएको छ । अध्यक्ष र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि विवाद उत्कर्षमा पुगेको हो ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार