मंगलबार, भाद्र २ गते २०८३
images

नेकपा प्रवक्ता श्रेष्ठको निकास सुत्र : पार्टी एकीकरणको रक्षा, महाधिवेशनको तयारी

  • 1.7K
    SHARES
  • श्रावण ६, २०७७ मंगलबार

    काठमाडौं । सत्तारुढ नेकपाको विवाद समाधानका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले मध्यमार्गी उपाए सुझाएका छन् । सामाजिक सञ्जालमा ट्विटमार्फत प्रवक्ता श्रेष्ठले पार्टी एकीकरणको रक्षा, यथास्थितीमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारीलाई निकास सुत्रको रुपमा प्रस्तुत गरेका छन् ।

    राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा, लोकतन्त्रको रक्षा एवं बिस्तार र समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण अहिलेको आवश्यकता र उदेश्य भएको भन्दै प्रवक्ता श्रेष्ठले विवादलाई निकास दिन भनेका छन् ।

    'पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो वटमलाईन हो । यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा, लोकतन्त्रको रक्षा एवं बिस्तार, समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण हो।' श्रेष्ठले ट्वीट गरेका छन्, 'तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारी लाई निकासको सुत्र बनाऔँ।'

    सत्तारुढ दल नेकपाको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेका बेला समूहगत छलफलहरु बढेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधव कुमार नेपाल समूह यतिबेला सक्रिय छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार