मंगलबार, भाद्र २ गते २०८३
images

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु, अध्यक्ष ओली अनुपस्थित

  • 1.7K
    SHARES
  • श्रावण ६, २०७७ मंगलबार

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन ।

    प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली भने बैठकमा अनुपस्थित भएका छन् । त्यसअघि प्रचण्डसँगको भेटमा उनले आफू बैठकमा आउन नसक्ने जानकारी गराएको स्रोतले जनाएको छ ।

    विवाद बढ्दै गएपछि ओलीले यसअघि पनि बैठकमा उपस्थिति जनाएका थिएनन् ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार