मंगलबार, भाद्र २ गते २०८३
images

कम्युनिष्ट नेता तथा पूर्व सांसद बर्मन बुढाको निधन

  • 1.5K
    SHARES
  • श्रावण ७, २०७७ बुधबार

    काठमाडौं । पुराना कम्युनिस्ट नेता तथा पूर्व सांसद बर्मन बुढामगरको निधन भएको छ । बुढाको उपचारको क्रममा आज विहान ४ः३० बजे ललितपुरस्थित पाटन अस्पतालमा ९० वर्षको उमेरमा निधन भएको हो ।

    छोरी विजया बुढाले आफ्ना बुवाको ४ः३० बजे निधन भएको जानकारी दिएका छन । पूर्व सांसद बुढा वि.स. १९८७ साउन १७ गते रोल्पाको थबाङमा जन्मिएका थिए । उनी नेपाली कम्युनिष्ट आन्दोलनमा एक आदर्श व्यक्तित्वको रुपमा चिनिन्छन् ।

    बुढा २०४८ सालमा रोल्पाको क्षेत्र नं. १ बाट तत्कालीन जनमोर्चाको तर्फबाट सांसद निर्वाचित भएका थिए । त्यसअघि उनी थबाङको मुखिया, प्रधानपञ्च समेत थिए ।

    माओवादी जनयुद्धको केन्द्र मानिने थबाङका बुढामगर रोल्पामा कम्युनिष्टको जननी मानिन्छन् । बुढा राष्ट्रका लागि महत्वपूर्ण योगदान गरे बापत दुई वर्षअघि राष्ट्रपतिबाट विभुषित भएका थिए । उनको तीन छोरा तीन छोरी, नाति, नातिनी लगायत छन् ।

    बुढा पेटको क्यान्सरबाट पीडित थिए । अघिल्लो वर्ष क्यान्सर पुष्टि भएपछि नियमित उपचारमा रहेका उनलाई बढी अप्ठ्यारो भएपछि केही दिन अघि पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार