मंगलबार, भाद्र २ गते २०८३
images

मन्त्रीपरिषद्को बैठक बस्दै

  • 1.5K
    SHARES
  • श्रावण १२, २०७७ सोमबार

    काठमाडौँ । मन्त्रीपरिषद्को बैठक सोमबार बस्दै छ । सोमबार बस्ने मनित्रपरिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव नियुक्त गर्ने छ । राखेपको सदस्यसचिवका लागि तीनजना दौडमा छन् ।

    सरकारले रमेश कुमार सिलवाल, अञ्जु श्रेष्ठ र लिलबहादुर थापा मगर मध्ये एक जनालाई सदस्यसचिवमा नियुक्त गर्ने छ ।

    युवा तथा खेलकुद मन्त्रालयद्वारा गठित सिफारिस समितिले केही दिनअघि दरखास्त परेका २५ जना मध्ये सिलवाल, श्रेष्ठ र मगरलाई राखेपको सदस्यसचिवका लागि सिफारिस गरेको थियो ।

    उक्त सिफारिस समितिले अनिवार्य रुपमा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्नुपर्ने कानूनी व्यवस्था छ । नेपाल खेलकुद विकास ऐन लागु भइसकेपछि ऐनमा रहेको व्यवस्था बमोजिम नियुक्ती प्रक्रिया अगाडि बढेको हो ।

    तीनजना मध्ये सिलवाल निवर्तमान सदस्यसचिव हुन् । प्रधानमन्त्री केपी ओली निकट उनी फेरि पनि नियुक्त हुने सम्भावना बलियो छ ।

    यस्तै सोमबारै बस्ने मन्त्रिपरिषद् बैठकले दुईजना डिआइजीलाई एआइजीमा बढुवा गर्ने छ।

    गृहमन्त्रालयको सिफारिस अनुसार डिआइजी निरजबहादुर शाही र प्रधुन्न कार्कीको एआइजीमा बढुवा हुने छ । दुवैजना अहिलेका आइजी शैलेश थापा क्षेत्रीका ब्याजी हुन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार