मंगलबार, भाद्र २ गते २०८३
images

नेकपा स्थायी कमिटी बैठक ओलीद्वारा एकपक्षीयरुपमा स्थगित

  • 1.3K
    SHARES
  • श्रावण १३, २०७७ मंगलबार

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीयरुपमा स्थगित गरेका छन् ।

    आफ्ना प्रेस सल्लाहकार सूर्य थापामार्फत प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेको जानकारी दिएका छन् । यो विषयमा महासचिव विष्णु पौडेलले भने कुनै प्रतिक्रिया दिएका छैनन ।


    अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले भने बैठक बस्ने तयारी गरेका छन् । बालुवाटारमा बैठक बस्न नसकेमा अबदेखि पार्टी कार्यालयमै बैठक नियमित चलाउने तयारी प्रचण्ड नेपाल पक्षको रहेको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार