काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे प्रस्ताव गरेका छन् । उनले पार्टी भित्रको विवाद समाधानका लागि दुवै अध्यक्षसँग आफूले राखेको प्रस्ताव सार्वजनिक गरेका छन् ।
६ बुँदे प्रस्तावमा तत्काल महाधिवेशन गर्नेदेखि मन्त्री परिवर्तनसम्मका कुरा समावेश छन् । अहिले बालुवाटारमा भइरहेका दुवै छलफलमा सहभागी नहुने पनि बामदेवले बताएका उनी निकट स्रोतले जनाएको छ ।