मंगलबार, भाद्र २ गते २०८३
images

नेकपाको केन्द्रीय कमिटी बैठक माग गर्दै अध्यक्षद्वयलाई १५२ जनाको पत्र

  • 1.4K
    SHARES
  • श्रावण १४, २०७७ बुधबार

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गर्दै पार्टी कार्यालयमा लिखित पत्र दर्ता गरेका छन् ।
    एक महिनाभन्दा लामो समयदेखि जारी स्थायी कमिटी बैठक कुनै निष्कर्षमा पुग्न नसकिरहेका बेला केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठक माग गरेका हुन् ।

    पार्टीभित्रको विवादले आफूअरुलाई चिन्तित बनाएको भन्दै अध्यक्षद्वयलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, ‘हाल देखिएको सबै विवाद र समस्याहरुको समाधान पाछर्टीको बैठकमा गहन छलफल गरी विधि पद्धति बमोजिम समाधान गर्नुपर्छ भन्ने हाम्रो ठहर छ ।’ यसका लागि पार्टीको अन्तरिम विधान, २०७५ को धारा ५९ (क) ४ बमोजिम बैठक बोलाउनुपर्ने उनीहरुको माग छ ।

    यो धाराअनुसार एक चौथाई सदस्यले बैठक माग गरेपछि १५ दिनभित्र बैठक बोलाउनुपर्छ । पार्टी कार्यालयमा दर्ता गरिएको पत्रमा १५० जनाको हस्ताक्षर छ भने धर्मनाथप्रसाद साह र लालबहादुर विकको पनि सहमति रहेको नेताहरुले बताएका छन् ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार