सोमबार, भाद्र १ गते २०८३
images

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु

  • 1.6K
    SHARES
  • श्रावण १९, २०७७ सोमबार

    काठमाडौँ । मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु भएको छ । एक मन्त्रीका अनुसार कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आंशिक लकडाउनको निर्णय हुनसक्नेछ ।

    पछिल्ला समय काठमाडौं उपत्यका लगायत घनाबस्ती भएका ठाउँमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । सिसिएमसीको बैठकले पनि मन्त्रिपरिषदमा थप छलफल गर्नेगरी आंशिक लकडाउनको मोडल अघि सारेको छ ।

    जनस्वास्थ्य विज्ञहरुले पुनः लकडाउन गर्नूपर्ने धारणा राखेपछि सिसिएमसीले पनि त्यसै अनुसारको तयारी गरेको छ । काठमाडौं उपत्यकासहित देशका मुख्य शहरमा फेरि सवारी सञ्चालनमा जोर विरोर प्रणाली लागू गर्ने तयारी पनि सरकारको छ ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार