सोमबार, भाद्र १ गते २०८३
images

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. उप्रेती नियुक्त

  • 1.8K
    SHARES
  • श्रावण २०, २०७७ मंगलबार

    काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ ।

    स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा. उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
    यसअघि स्वास्थ्य मन्त्रालयले डा. उप्रेतीलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।

    यसअघि १२ साउनमा बसेको मन्त्रिपरिषद बैठकले बोर्डको यसअघिका अध्यक्ष डा. उमाशंकर प्रसादले पदबाट दिएको राजिनामा स्वीकृत गरेको थियो ।

    स्वास्थ्य बीमा बोर्डको अध्यक्षको पदावधी चार वर्षको हुनेछ ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार