काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी र नेपालको अवस्थाबारे आगामी रणनीति तय गर्न विज्ञहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले परामर्श गरेका हुन् ।
छलफलमा प्रमुख प्रतिपक्षी दल, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, जनता समाजवादी पार्टीका महन्थ ठाकुरलगायत विभिन्न दलका नेता तथा सरोकारवालाहरुको सहभागिता रहेको छ ।
पछिल्लो समय लकडाउन खुलेपश्चात काठमाडौं उपत्यका लगायत देशका विभिन्न सहरमा संक्रमणको दर बढेकाले नियन्त्रणका विषयमा परामर्श सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन ।