सोमबार, भाद्र १ गते २०८३
images

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता जारी : खनाल र नेम्बाङ पनि सहभागी

  • 1.7K
    SHARES
  • श्रावण २०, २०७७ मंगलबार

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डुबीच भेटवार्ता सुरु भएको छ । लगातार तेस्रो दिनको भेट सुरु भएको बालुवाटार स्रोतले जनाएको छ ।

    दुवैतर्फबाट दुई इलामेली सहभागी छन् । ओलीको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्बाङ र प्रचण्डको तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल सहभागी भएका छन् ।

    नेकपाभित्रको विवाद उत्कर्षमा पुगे पनि दुवैतर्फबाट लचकता अप्नाउन खोजेको देखिएको छैन । छलफलका क्रममा दुबैतर्फबाट पुरानै कुराहरु राख्नेक्रम चलिरहेको छ ।

    आइतबार विहान नेकपाका अध्यक्ष ओली र प्रचण्डबीच तीन घण्टा संवाद भएको थियो । सोमबार विहानको संवाद सकारात्मक बन्ने अपेक्षा गरिए पनि विवाद थप चर्किएको छ । अध्यक्ष ओलीले प्रचण्डलाई आफूले आफ्नो तयारी गरिसकेको समेत बताएका छन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार