काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको भेटवार्ता फेरि अनिश्चित भएको छ । हिजो भेट्ने तयारी भए पनि अन्तिम समयमा भेटवार्ता रोकिएको थियो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार बिहान भेटवार्ता हुने बताए पनि अध्यक्षद्वयबीचको भेटवार्ता अनिश्चित बनेको छ । आज पनि भेटवार्ता हुने सम्भावना नरहेको बालुवाटार स्रोतले जनाएको छ ।
यसैबीच नेकपा अध्यक्ष प्रचण्डले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई निवासमै बोलाएर छलफल गरेका छन् । प्रचण्डसँगको भेटवार्तापछि संसदीय दलका उपनेता नेम्बाङले छलफल सकरात्मक बनेकाले दुई अध्यक्षबीच सहमति बन्नेमा आफू आशावादी बनेको बताएका छन् ।
ओलीले पटक पटक एउटै कुरा दोहोर्याएपछि टेलिफोन गरेरै नेम्बाङलाई आफ्नो निवास पठाइदिन भनेका थिए । त्यसै अनुसार प्रचण्ड भेट्न नेम्बाङ खुमलटार पुगेका हुन् ।