सोमबार, भाद्र १ गते २०८३
images

कोरोना संक्रमण परीक्षणका लागि प्रधानमन्त्रीको स्वाब संकलन

  • 1.4K
    SHARES
  • श्रावण २३, २०७७ शुक्रबार

    काठमाडौं । कोरोना संक्रमण परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार स्वाब संकलन गरिएको छ ।

    उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शुक्रबार प्रधानमन्त्री र उनीसँग नियमित सम्पर्क भइरहनेहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको हो ।

    ‘पार्टीको, सरकारको कामले भेटिरहनुपर्ने सल्लाहकार र सचिवालय टिमका सदस्यहरुको स्वाब संकलन गरिएको हो’ उनले भने ।
    स्वाब परीक्षणका लागि पठाए पनि रिपोर्ट आएको छैन ।

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग साउन १४ गते बालुवाटारमा नै भेट भएका प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारका सुरक्षाकर्मीहरुको गत सोमबार स्वाब संकलन गरिएको थियो ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार