मंगलबार, भाद्र २ गते २०८३
images

पाटन अस्पतालमा ३८ वर्षीया कोरोना संक्रमितको मृत्यु

  • 995
    SHARES
  • श्रावण २८, २०७७ बुधबार

    काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

    मृतक जनकपुरकी ३८ वर्षीया महिला हुन् । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।

    स्वास्थ्य कार्यालय ललितपुरले उनको मृत्यु बुधबार भएको पुष्टि गरेको छ ।

    गएराति बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तुको तौलिहवाका एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो । बुटवलको कोरोना विशेष अस्पतालमा अर्का एक पुरुषको पनि मृत्यु भए पनि उनको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी छ ।

    यसैगरी मंगलबार राति नै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ८ का संक्रमितको मृत्यु भएको थियो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८६ पुगेको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार