काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले देशभर ८८ जनाको अवस्था गम्भीर भएको जानकारी दिएको छ । त्यसमध्ये ८५ जना आइसियुमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समिर अधिकारीले जानकारी दिएका छन ।
पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढेको देखिएको छ । कोरोना नियन्त्रणको थप उपाय अवलम्वन नगरेको अवस्थामा काठमाडौं उपत्यकाको अवस्था भयावह हुने जनस्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन् ।
सरकारको तयारी निक्कै फितलो छ । अहिलेसम्म देशभर आइसियुको संख्या १ हजार १ सय ३४ र ५ सय ७६ भेन्टिलेटर रहेको छ ।
नेपालमा अहिलेसम्म २३ हजार ९ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १६ हजार ६ सय ६४ जना उपचारपछि घर फर्किएका छन् भने ८३ जनाको मृत्यु भइसकेको छ ।