आइतबार, श्रावण ३१ गते २०८३
images

मकवानपुरमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

  • 1.6K
    SHARES
  • श्रावण २९, २०७७ बिहीबार

    हेटौंडा । मकवानपुरमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा विहीबार ३७ जनामा कोरोना संक्रमण देखिएको मकवानपुर जिल्ला अस्पतालका आइसोलेसन वार्ड प्रमुख भोला चौलागाईंले जानकारी दिएका छन ।

    संक्रमितहरुमध्ये १८ जना हेटौंडा उपमहानगरपालिकाका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का ७ जना, वडा नं. ५ का ४ जना, वडा नं. ४ का ४ जना छन् ।

    यसैगरी हेटौंडा उपमहानगरपालिकाका २, १० र १३ नम्बर वडामा १–१ जना संक्रमित फेला परेका छन् ।

    यसैगरी भिमफेदी गाउँपालिकाका ३, थाहा नगरपालिकाका २, बकैया गाउँपालिकाका २ तथा चितवन र काठमाडौंका १–१ जनामा पनि कोरोना पुष्टि भएको छ । नेपाल प्रहरीका १० जना पनि संक्रमित भएका छन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार