आइतबार, श्रावण ३१ गते २०८३
images

काठमाडौं उपत्यकामा १२७ जनामा कोरोना संक्रमण

  • 1.4K
    SHARES
  • श्रावण २९, २०७७ बिहीबार

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ सय २७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा १ सय ११, भक्तपुरमा ५ जना र ललितपुरमा ११ जनामा कोरोना संक्रमण भएको जानकारी दिएका छन ।

    प्रवक्ता गौतमले पछिल्लो २४ घन्टामा थपिएका ५ सय २५ जनासहित देशभर संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको जानकारी दिएका छन।

    संक्रमितमध्ये १६ हजार ८ सय ३७ जना उपचारपछि घर फर्किएका छन् भने ९५ जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार