शनिबार, श्रावण ३० गते २०८३
images

शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि,इमर्जेन्सी विभाग सिल

  • 1.1K
    SHARES
  • श्रावण ३०, २०७७ शुक्रबार

    काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार इमर्जेन्सीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । त्यसमध्ये ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

    हाल इमर्जेन्सी विभाग सिल गरिएको छ । नयाँ संक्रमित स्वास्थ्यकर्मी इमरजेन्सीको नभई अन्य वार्डको रहेको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले जानकारी दिएका छन । यद्यपि उनीहरु कुन वार्डको भनेर छुट्याउन बाँकी छ।
    योसँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २२ पुगेको छ।
    इमरजेन्सी विभागका एक सयचभन्दा बढी स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको छ । उनीहरुको रिपोर्ट शुक्रबार या शनिबारसम्म आउने बताइएको छ । उनीहरु सबै हाल होम क्वारेन्टाइनमा छन् ।
    इमर्जेन्सी विभागको चिकित्सकहरुको रिपोर्ट आएपछि मात्र इमर्जेन्सी विभाग खुल्ने/नखुल्ने विषयमा निर्णय हुनेछ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार