काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९९ पुगेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मोरङ र सिरहामा एक एक जना तथा बारामा दुईजनाको कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा मृत्यु भएको जानकारी दिएका छन ।
प्रवक्ता गौतमले विभिन्न जिल्लामा थपिएका ५ सय ९४ जनासहित देशभर संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको बताएका छन । संक्रमितमध्ये १७ हजार ७७ जना उपचारपछि घर फर्किएका छन् भने ९९ जनाको ज्यान गएको छ ।