काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एकजना महिलाको मृत्यु भएको छ । मोरङको विराटनगरकी ५० वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गएराति उपचारका क्रममा मृत्यु भएको हो ।
अचानक स्वास्थ्यमा समस्या भएपछि गएराति ११ बजे अस्पताल ल्याएको र एकघन्टामै उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिएका छन ।
कोरोना संक्रमण भएपछि उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको थियो ।