शनिबार, श्रावण ३० गते २०८३
images

थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा १६८ जनामा संक्रमण

  • 1.4K
    SHARES
  • भाद्र १, २०७७ सोमबार

    काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५८१ जना संक्रमित भेटिएका हुन् ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जना संक्रमित देखिएका छन् । जसमध्ये काठमाडौंमा १०९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको हो ।

    कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्‍टामा १५९ जना डिस्चार्ज भएका छन् ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार