ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा आज एक जना ३८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
प्रादेशिक अस्पताल भैरहवामा साउन २८ गते कोरोना पुष्टि भएका ती पुरुषको आज विहान पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
अहिले उनको शव व्यवस्थापन बारे छलफल भइरहेको अस्पतालले जनाएको छ।
बुटवलस्थित युनिभर्सल मेडिकल कलेजमा पित्तथैलीको अपरेशन गराएका उनको अपरेशन लगत्तै कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको थियो।
विरामीको अवस्था जटिल भएपछि प्रादेशिक अस्पताल भैरहवाले पाटन अस्पताल रेफर गरेको थियो ।
पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर दुई स्थायी घर भएका उनी जिल्लाका कांग्रेस उपसभापति थिए।