काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा २ सय ५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या उपत्यकामा एकदिनमा देखिएको अहिलेसम्मकै धेरै हो ।
मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ३८, भक्तपुरमा १७ र ललितपुरमा ५० जनामा पछिल्लो २४ घन्टामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा १ हजार १६ जनासहित देशभर संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको जानकारी दिएका छन ।
संक्रमितमध्ये १७ हजार ५ सय ८० जना निको भएर घर फर्किएका छन् भने १ सय १४ जनाको ज्यान गएको छ ।