सोमबार, भाद्र १ गते २०८३
images

कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु

  • 1.2K
    SHARES
  • भाद्र ५, २०७७ शुक्रबार

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ ।

    बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत ७७ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो । उनलाई ग्रिनसिटी अस्पतालबाट बिहीबार मात्र बलम्बु लगिएको थियो ।

    उनी साउन ३० गते सप्तरीको राजविराजबाट काठमाडौं आएका थिए । त्यही दिन वीर अस्पतालको प्रयोगशालामा स्वाब दिएका उनको रिपोर्ट ३२ गते पोजेटिभ आयो । त्यसयता ग्रिनसिटीमा रहेका उनको अवस्था गम्भीर भएपछि बिहीबार मात्र एपीएफ अस्पताल लगिएको थियो ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार