काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीमा सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष, पर्सामा ६१, ५८ र ४८ वर्षीय पुरुष, सिरहामा ६८ वर्षीय पुरुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको मृत्यु भएको छ ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थपिएका ६ सय ३४ जनासहित देशभर संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको जानकारी दिएका छन ।
संक्रमितमध्ये १८ हजार ३ सय ५० जना उपचारपछि घर फर्किएका छन् भने १ सय ४६ जनाको ज्यान गएको छ ।