काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा उपत्यकामा थप १ सय ६६ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ सय २६ जना, भक्तपुरमा २८ जना र ललितपुरमा १२ जनामा पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएको छ ।