काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ । देशभर संक्रमितको संख्या बढेसँगै मृत्युदर पनि बढीरहेको छ ।
पछिल्लो २४ घन्टामा देशका विभिन्न ठाउँमा ७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा काठमाडौंकी ७२ वर्षीया महिला, ७६ र ६६ वर्षीय पुरुष रहेका छन् । त्यस्तै सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ८ सय ५५ सहित देशभर संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको जानकारी दिएका छन ।
संक्रमितमध्ये १९ हजार १ सय १९ जना निको भएर घर फर्किएका छन् भने १ सय ६४ जनाको ज्यान गएको छ ।