शनिबार, श्रावण ३० गते २०८३
images

सहयात्री बचत तथा ऋण सहकारीले गर्यो १५ औं वार्षिक साधारणसभा सम्पन्न

  • 6.4K
    SHARES
  • पौष २३, २०७७ बिहीबार

    काठमाडौंको मीनभवनमा रहेको सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा तथा स्थापना दिवस काठमाडौं नयाँ बानेश्वर स्थित क्राउन ब्यांकेटमा स्वास्थ्य सतर्कताका साथ सिमित सदस्यहरुका बिच नयाँ नेतृत्व चयन गरि समापन भएको छ । अध्यक्ष खेम सुवेदीको अध्यक्षतामा बसेको साधारणसभामा प्रमुख अथिती राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सदस्य के.बि. उप्रेती रहेका थिए।

    त्यस्तै नेफसकुनका अध्यक्ष परितोश पौड्याल तथा महासंघका संचालक टेक प्रसाद चौलागाइको बिशिस्ट आतिथ्यता रहेको थियो भने सहकारी बैंक बानेश्वर शाखा प्रमुख बिष्णु गिरि लगाएतका अथितिहरुको उपस्थिति रहेको थियो । सहकारी बैंकका अध्यक्ष के.बि.उप्रेतीले पुजीको पर्याप्तताको निश्चिन्त हुन, सहकारी मुल्य मान्यता र पारदर्शी कारोबार गर्न, एउटा मात्रै संस्थासङ कारोबार गर्न र अर्को लगानीमा सहकारी बैंकको गरिबी निवारण कर्जा उपभोग गरि उल्लेख्य न्यून ब्याजदरमा लगानीको आश्वासन पनि दिएका छन् ।

     

    काठमाडौं तथा देशभरका लघुबित्त कार्यक्रम सन्चलन गर्ने सहकारी संस्थाको आफ्नै परिस्कृत पद्धति सहितको पाठशाला भएको र संस्थाको स्थापना देखि नै संस्थालाई नजिकबाट नियालेको र उन्नतिप्रति खुशी व्यक्त गर्दै उनले शुभकामना व्यक्त गरेका छन् । सभालाई सम्बोधन गर्दै नेफ्स्कुनका अध्यक्ष परितोश पौड्यालले संस्थालाई अब स्तरिकरण कार्यक्रममा सहभागी हुन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव सीप र प्रशिक्षणमा सहभागी भइ आधुनिक प्रबिधि तर्फ उन्मुख हुनुपर्ने बताए ।

    महासंघका संचालक टेक प्रसाद चौलागाईंले संस्थाको स्थापना देखि प्रत्येक गतिविधिमा नजिकबाट संलग्न भै सुझाव सल्लाह प्रदान गर्दै आएको र संस्थाको प्रगतिमा आफु अति खुशी भएको धारणा व्यक्त गरे । सदस्यहरुलाइ सधै सकारात्मक र खुशी बन्न उत्प्रेरित गर्दै उनले स्वरोजगार र उद्यमशिलताको शुभकामना व्यक्त गरेका छन् । गोपिनाथ घिमिरेको संयोजकत्वमा नबदुर्गा ढुंगेल र जुना डागीको निर्वाचन समितिले खेमराज सुबेदीको अध्यक्षतामा ७ सदस्यीय संचालक समिती समेत गठन गरेको छ।

    जसमाउपाध्यक्ष नृपेन्द्र श्रेष्ठ, सचीव सुमन कर्ण, कोषध्यक्ष सन्तोष सापकोटा, सदस्यमा शिलाशोभा श्रेष्ठ , रिता भट्टराई र बिष्णु गिरि रहेका छन् । त्यस्तै महेश प्रसाद सुबेदीको सम्योजकत्वमा ३ सदस्यीय लेखा समिति समेत निर्माण गरिएको छ । सदस्यद्वय लिलाहरी उपाध्याय र चिना भट्टराई रहेका छन् । उनीहरु सबै सर्बसम्मत निर्वाचित भएको घोषणा गरिएको थियो । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ नेफसकुनका अध्यक्ष परितोश पौड्याल र महासंघका संचालक टेक प्रसाद चौलागाईंले हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

    सहकारी महिला लघुबित्तको अन्तर्राष्ट्रिय अनुभव र प्रबिधिलाई नेफ्स्कुनले पुलको भुमिका निर्बाह गर्ने उनले बताए । सदस्यहरुको उद्यमशिलता प्रबर्द्धन गरि स्वरोजगार अभिबृद्धीमा लाग्न समेत अनुरोध र्गदै उनले नवनिर्वाचित समितीको क्षमता अभिबृद्दी तालीम (CUDCC) अबिलम्ब आयोजना गर्न र चारबर्से रणनीति तर्जुमा गरि अघि बढ्न निर्देशनसमेत दिएका छन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार