शनिबार, श्रावण ३० गते २०८३
images

वीर अस्पतालको नवनिर्मित भवनको लिफ्ट चुडिँदा दुई जनाको मृत्यु

  • 2.5K
    SHARES
  • फाल्गुण १०, २०७५ शुक्रबार

    काठमाडौं । वीर अस्पतालको नवनिर्मित भवनको लिफ्ट चुडिँदा बिहीबार बेलुकी दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । भवन निमार्णका लागि खाटिएका कामदार सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घाइते हुनेमा सप्तरीकै सोभित कुमार चौधरी रहेको डिएसपी टिकुनन्द लिम्बूले जानकारी दिएका छन। घाइते चौधरीको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । निर्माणाधीन वीर अस्पतालको भवनमा बेलुकी ७ बजे समान लोड गरिएको लिफ्ट चुँडिदा उनीहरु च्यापिएका थिए। 
     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार