सोमबार, भाद्र १ गते २०८३
images

कोभिड १९ : थपिए १६७७ संक्रमित, २१ जनाको निधन


  • 1.5K
    SHARES
  • भाद्र २२, २०७८ मंगलबार

    काठमाडौं, २२ भदौ

    कोभिड १९ बाट मंगलवार एक हजार ६७७ जना संक्रमित भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १५ हजार ३४ जनामा परीक्षण गर्दा दिन एक हजार ६७७ जनामा संक्रमण देखिएको हो ।

    सक्रिय संक्रमित ३० हजार ३०३ जना रहेका छन् । ५ सयभन्दा बढी संक्रमित भएका जिल्ला १७ रहेका छन् ।

    यस्तै संक्रमणबाट निको भई आज दुई हजार ७२ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख ३१ हजार जना निको भई घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९४.७ प्रतिशत छ ।

    यस्तै संक्रमणबाट विगत २४ घण्टामा २१ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ८७९ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा प्रतिदश लाखमा ३६६.७ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।

    यस्तै ५१४ जना सघन उपचार कक्ष (आईसीयू), १५४ जना भेन्टिलेटर, २८ हजार ३१४ जना होम आइसोलेसन, एक हजार ९८९ जना संस्थागत आइसोलेसन र २५८ जना क्वारेन्टिनमा छन् ।

    नेपालमा संक्रमणको दर १९.५ प्रतिशत रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार