मंगलबार, भाद्र २ गते २०८३
images

मंगलबार प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची


  • 2.1K
    SHARES
  • भाद्र २८, २०७८ सोमबार

    तिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको छ ।

    बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन् ।

    संघीय संसद सचिवालयका अनुसार अर्थमन्त्री जनार्दन शर्माले 'विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्' भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    यस्तै बैठकमा २०४८ सालमा राष्ट्रिय सभामा मनोनित सदस्य रुक्म शम्शेर जवराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार