चेरब स्मृति प्रतिष्ठानले आज नेपाल विद्युत प्राधिकरणको केन्द्रिय कार्यालय रत्नपार्कको सभा कक्षमा तेस्रो अधिवेशन, आठौ साधारण सभा, विभिन्न स्रष्टाहरुलाई पुरस्कार वितरण तथा साहित्यिक पुस्तक हिमाद्रि पनि लोर्कापण गरेको छ । चेरब स्मृति प्रतिष्ठान २०७१ साल चैत्र २१ गते देखी दर्ता भई विभिन्न सामाजिक कार्यक्रमहरु गदै आईरहेको छ । नेपाल विद्युत प्राधिकरणको भगिनी संस्था सांजेन जलविद्युत कंम्पनी लि.मा कार्यरत स्व. ई. चेरब घिमिरेको कामको सिलसिलामा रसुवाको थम्बुचेतमा मिति २०७१ मघ २४ गते सुख्खा पहिरोमा परी निधन भएको भएको थियो ।
उक्त कार्यक्रममा महाकवि चन्द्र प्रकाश न्यौपाने, प्राध्यापक डा. हेमनाथ पौड्याल लगायत कवि तथा साहित्यकारहरुको सहभागिता रहेको थियो । प्रतिष्ठानद्धारा साहित्यकार तथा डा. सोम बहादुर धिमाल, सुदर्शन पराजुली, कृष्णदेव रिमाल, दिपक गौतम र थर्क वहादुर थापा लगायतलाई सम्मान तथा नगद पुरस्कार द्धारा सम्मानित गरीएको थियो ।