राजनितीलाई नकारात्मक रुममा मात्र हेर्ने युवा पुस्ताहरुको धारणा क्रमश परिवर्तन हुँदै जान थालेको छ! हालै सप्पन्न नेपाली काङ्ग्रेस तथा नेकपा एमाको बडा गाउँ तथा क्षेत्रिय अधिबेशन मा धेरै युवा नेतृत्वहरु निर्वाचित भएका छन! यसैक्रममा सोलुखुम्बु जिल्लाको नोचा सल्यान गाउँपालिकाबाट नेपाली काङ्ग्रेस को क्षेत्रिय प्रतिनिधि बनेकी २१ बर्शिय पुजा फुयाल नेपाली काङ्ग्रेस को केन्द्रिय महाधिवेशन प्रतिनिधि मा निर्वाचित भएकि छिन! सम्भवत नेपाली काङ्ग्रेस कै सबैभन्दा कान्छी महाधिवेशन प्रतिनिधि बनेकी उनी भक्तपुर स्थित सानोठिमी क्याम्पसको स्वबियु सदस्य समेत रहेकी छिन! दिग्गज नेताहरु महाधिवेशन प्रतिनिधिमा छनोट हुन नसकिरहेको अवस्थामा आफू छनोट हुन पाएकोमा खुशी ब्यक्त गर्दै फुयालले राजनीतिमा युवा आकर्षण लाई सकारात्मक रुपमा लिनुपर्ने र आफू भबिस्यमा ईमान्दारितापुर्बक यो क्षेत्रमा काम गर्ने बताउछिन!