नेपाली काङ्ग्रेस सभापति एबम प्रधानमन्त्री शेरबहादुर देउबाको गृहजिल्ला डडेल्धुरामा संस्थापन पक्षले एकलौटी रुपमा जिल्ला अधिबेशन सम्पन्न गरेको छ। बडा अधिबेशन देखि नै जिल्ला सभापति कर्ण मल्ल पक्षले बहिस्कार गरेको अधिबेशन बिबादका बिच सम्पन्न भएको हो। जिल्ला अधिबेशन मा देउबा पक्षका का दुईजना प्रतिस्पर्धिको रुपमा रहेकोमा भिमबहादुर साउदले चुडामणी ढकुराठिलाई भारी मतान्तरले हराउदै बिजयी भएका हुन। मतपरिणाम अनुसार साउदले ७३४ मत प्राप्त गरेका थिए भने ढकुराठिले जम्मा ७६ मत मात्र प्राप्त गरेका थिए। क्रियासिल सदस्यता बिबादमा एकलौटी गरेको भन्दै कर्ण मल्ल पक्ष भने लामो समयदेखी आन्दोलनमा रहेको छ। सात दिनदेखी मल्लसहितको टोलि भने पार्टी केन्द्रिय कार्यालय सानेपामा रिले अनशनमा बसेका छन। उक्त पक्षले भने जिल्ला अधिबेशन र नवनिर्वाचित पदाधिकारीहरुलाई अवैध भनी टिप्पणी गरेका छन।